प्रधानमन्त्री बन्नपनि धेरै महिला योग्य र सक्षम छन् : मन्त्री अर्याल

प्रधानमन्त्री बन्नपनि धेरै महिला योग्य र सक्षम छन् :  मन्त्री अर्याल

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले नेपालका महिलाहरु देशको नेतृत्व गर्न सक्षम रहेको प्रष्ट पारेकीछन् । ११०औं अन्तर्रा्ष्ट्रिय नारी दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालमा भएको विशेष साक्षात्कारमा मन्त्री अर्यालले प्रधानमन्त्री बन्नपनि धेरै महिला योग्य र सक्षम रहेको बताइन् ।

विश्वव्यापी महिला आन्दोलनको प्रभाव नेपालमा पनि परेको दिनदेखि आजसम्म नेपालमा पनि थुप्रै महिला अधिकारी प्राप्ति र अधिकारको लागि संघर्ष तथा आन्दोलन भएका ईतिहास सुनाउँदै उनले प्राप्त अधिकारको रक्षा गर्दै र पाएको अवसरलाई सही सदुपयोग गर्दै अघि बढ्नुपर्ने आजको आवश्यकत्ता भएको बतानइन् ।

बहुदल आउनुभन्दा अघि नेपालमा महिला आन्दोलन र अधिकार प्राप्तिको लडाई बेग्लाबेग्लै रुपमा भएपनि बहुदल आएपछि भने उक्त आन्दोलनले एकरुपता पाएको उनको भनाइ छ । उनले महिलाहरुमा आर्थिक परनिर्भरता रहुञ्जेलसम्म उत्पीडन यथावत रहने तर्क गरिन् । मन्त्री अर्यालले महिलाले प्राप्त अवसरलाई चम्नुपर्ने बताउँदै हरेक परीक्षामा पास हुनुपर्ने बताईन् ।