प्रधानमन्त्री ओलीलाई सन्तुलित आहार दिन थालियो

प्रधानमन्त्री ओलीलाई सन्तुलित आहार दिन थालियो

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणको पाँचौँ दिन आइतबार नियमित सन्तुलित आहार दिन थालिएको छ ।

त्रिवि शिक्षण अस्पतालले उहाँको स्वास्थ्यमा क्रमिक सुधारका लक्षण देखा परेको जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा। डा। प्रेमकृष्ण खड्गाले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई हिँडडुल गराउन र सन्तुलित आहार दिन थालिएको उल्लेख गरिएको छ ।

उनको भाइटल तथा ल्याब सामान्य रहेको जनाइएको छ । प्रधानमन्त्री ओलीलाई मिर्गौला दान दिने उहाँकी भाञ्जी समीक्षा सङ्ग्रौलाको स्वास्थ्य अवस्था पनि राम्रो हुँदै गएको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना हुनुभएको थियो । १२ वर्षअघि भारतको एपोलो अस्पतालमा प्रधानमन्त्री ओलीमो पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।