एमाले छोडेर सबै नेताहरु नेपाली कम्युनिष्ट पार्टीमा आउँछन्ः प्रचण्ड

एमाले छोडेर सबै नेताहरु नेपाली कम्युनिष्ट पार्टीमा आउँछन्ः प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) छाडेर सबै नेताहरु आफ्नो पार्टीमा आउने बताएका छन् । आज (बुधबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले एमालेका सबै नेताहरू नेपाली कम्युनिष्ट पार्टीमा आउने विश्वास व्यक्त गरेका हुन् ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले हावा कुरा गर्ने गरेको पनि बताए । नेपाली कम्युनिष्ट पार्टीमा १२ वटा राजनीतिक दलहरू समाहित भइसकेको बताउँदै उनले भने, ‘१२ वटा समूह एक ठाउँमा आइसक्यौँ । केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन् ।’

केही दिनअघि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत १० कम्युनिष्ट घटक मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको थियो । सो पार्टीमा आज डा.रावलको मातृभूमि जागरण अभियान समाहित भएको हो ।