कोरोना त्रासमा राजनीतिक दलका कार्यक्रम स्थगित

कोरोना त्रासमा राजनीतिक दलका कार्यक्रम स्थगित

काठमाडौं : विश्वभर फैलिरहेको कोरोना भाइरसले नेपाली राजनीतिक महोल पनि बदलेको छ। कोरोना भाइरस संक्रमण फैलने डरले प्रमुख राजनीतिक दलहरुले सभा सम्मेलन स्थगित गरिसकेका छन्।

नेताहरु अहिले राष्ट्रिय राजनीतिका बारेमा टिप्पणी गर्दैुकोरोनाबाट बचौँु भन्ने सन्देश पनि दिइरहेका छन्। हजारौँ कार्यकर्ता भएका पार्टीहरुले विपत्तिका बेला स्वयंसेवा अभियानसमेत चलाउने गरेका छन्। तर, कोरोना त्रासमा भटाभट कार्यक्रम रद्द गरेका दलहरुले कोरोनाको संक्रमण रोक्न पूर्व तयारी भइरहेको छ ।

कांग्रेसको तयारी शहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घर घरसम्म रहेको छ । फागुन १९ गते नेपाली कांग्रेसले १४ बुँदे अपील सरकारका नाममा जारी गरेको छ । अन्तरार्ष्ट्रिय उडान रद्द गर्नुपर्नेदेखि कोरोना संक्रमणबाट बच्न मास्क उपलब्ध गराउनुपर्ने लगायतका विषय रहेका छन्

कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अदालतलाई समेत गुहारेका छन् । कांग्रेस यतिमा मात्रै सीमित भएन। अपील जारी गरेको दुई दिनपछि अर्थात् फागुन २१ गते पार्टी सबै खालका सभा सम्मेलन नै रद्द गरेको छ ।

कोरोनका विषयमा कांग्रेस सरकारभन्दा संवेदनशील छ भनी देखाउने उद्देश्यले पनि होला उसले आफ्ना सबैजसो पत्रकार सम्मेलनमा दोहोर्‍याउने गरेको छ । उसले यही बेला शहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घर–घरसम्म नामक सचेतना अभियान चलाउने पनि उद्घोष गरेको छ।