काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको विस्तारित बैठक सुरु भएको छ। बैठक चितवनको सौराहामा शुक्रबार बिहानबाट सुरू भएकाे हो।
विस्तारित बैठकमा आसन्न निर्वाचन, महाधिवेशनबारे टुंगो र पार्टीको आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।
बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राजनीतिक प्रतिवेदन र उपसभापति डा.स्वर्णिम वाग्लेले निर्वाचनलक्षित वाचापत्र, महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक र सहमहामन्त्री विपिन आचार्यले उम्मेदवार चयनको विधिसम्बन्धी प्रतिवेदन पेस गर्ने तयारी रहेको छ।
आज र भोली बस्ने बैठकमा सहभागी हुन पार्टी केन्द्रीय सदस्य, सचिवालय सदस्य, सल्लाहकार परिषद्का सदस्य, केन्द्रीय विभागका पदाधिकारी, प्रदेशका सचिवालय सदस्य, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय सभापति, जिल्ला सभापति, विदेशमा रहेका पार्टी संगठनका पदाधिकारी तथा पालिकाका सभापतिहरूसहित ५ सय १२ जना प्रतिनिधिलाई डाकेको छ।