रामकुमारी एमालेमै फर्किने, ओली स्वागत गर्न आतुर

रामकुमारी एमालेमै फर्किने, ओली स्वागत गर्न आतुर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्री एमालेमा फर्कनेगरि अघि बढेकी छिन्। हालै एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकताको घोषणा गरिसकेको छ। झाँक्री एकता प्रक्रियामा सरिक भइनन्। उनी महासचिव घनश्याम भुसालले पूनर्गठन गर्ने भनेको पार्टीमा पनि नबस्ने भएकी हुन्।

एकीकृत समाजवादीले माओवादीसँग एकता गर्ने भनेर बहुमतबाट केन्द्रीय कमिटीबाट निर्णय भएकै दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले पूरानै घर एमालेमा फर्कनको लागि अपिल गरेका थिए। योबीचमा झाँक्री एमालेमा फर्कनेगरि अध्यक्ष ओलीसँग सम्पर्कमा रहेको बताइन्छ।

सम्मानित नेता झलनाथ खनालगायतले पार्टी पूनर्गठन गर्ने उद्घोष गरेको बेलामा झाँक्री भने पूरानै घर एमालेमा फर्कनको लागि तयार छिन्। उता, झाँक्रीसहितका नेतालाई पार्टीमा स्वागत गर्न ओलीपनि आतुर रहेको बताइन्छ।

नेकपाकालिन विवाद उत्कर्षमा पुग्दा झाँक्री माधव नेपाल र प्रचण्डको कित्तामा उभिएकी थिइन्। पछि माधव नेपालको नेतृत्वमा अहिलेको एकीकृत समाजवादी गठन गर्नको लागि पनि झाँक्रीले हस्तक्षेपकारी भूमिका खेलेकी थिइन्।