शनिबारबाट हिँड्‍डुल गर्न थाले प्रधानमन्त्री

शनिबारबाट हिँड्‍डुल गर्न थाले प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक रूपमा सुधार भइरहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

गत बुधबार मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले शनिबारबाट हिँड्‌डुल गर्न र सामान्य खाना(दालभात)खान थालेको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा प्रेमकृष्ण खड्‍गाले जानकारी दिए।

खड्‌गाकाअनुसार प्रधानमन्त्री ओलीलाई फिजियोथेरापी दिने कामलाई पनि निरन्तरता दिइएको छ। प्रधानमन्त्रीको स्वास्थ्यबारे गरिएका महत्त्वपूर्ण परीक्षणको रिपोर्ट सामान्य रहेको अस्पतालले जनाएको छ । प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षा संग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ। उनले पनि सामान्य खाना खान र हिँड्‍डुल गर्न थालेको खड्‍गाले जानकारी दिए।