काठमाडौं। माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ।
तीन दिनदेखि जारी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले अध्यक्ष माधवकुमार नेपालको माओवादी केन्द्रसँगको एकता प्रस्तावलाई अनुमोदन गरेको हो। बैठकले पार्टी एकताका लागि थप गृहकार्यको जिम्मा सचिवालयलाई दिएको छ।
पार्टीका सम्मानित नेता झलनाथ खनालसहितले चर्को विरोध र असहमति जनाएपनि उक्त निर्णय भएको हो।