गणेश शाहले छाडे माओवादी

गणेश शाहले छाडे माओवादी

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता गणेश शाहले पार्टी त्याग गरेको घोषणा गरेका छन् । शाह माओवादी केन्द्रको केन्द्रीय कमिटी विघटन हुनुअघिका सचिव हन् ।

नेतृत्वले एकताको सन्देश कहिल्यै पनि दिन नसकेको भन्दै पार्टी परित्याग गरेका हुन् । शाहले अब आफू पनि राजनीतिक दलमा नलाग्ने बताए । शाह पछिल्लो समय पानी र जलवायु विज्ञका रुपमा अभियानमा छन् । उनले अब आफ्नो विज्ञता र क्षमता देशका लागि आवश्यक परेको खण्डमा योगदान गर्न तयार रहेको बताए ।

उनले २०७४ सालमा आफ्नो नेतृत्वमा रहेको नेकपा (संयुक्त) लाई माओवादीमा विलय गराएका थिए । प्रचण्डले एकताको सन्देश प्रवाह गर्न नसकेकोले आफूलाई माओवादीमा बस्न मन नलागेको उनको भनाइ छ ।