काठमाडौं। नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी भंग गरिएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्तावमा केन्द्रीय कमिटी भंग गरेर आगामी मंसिरमा विशेष महाधिवेशनमा जाने निर्णय भएको हो।
आज समापन भएको बैठकले केन्द्रीय कमिटी भंग गरेर प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक कमिटी गठन भएको छ । बैठकले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचन सफतापूर्वक सम्पन्न गराउनका लागि सरकारलाई सहयोग गर्ने पनि निर्णय पनि गरेको छ ।
प्रचण्डले केन्द्रीय कमिटी बैठक सफलतापूर्वक सम्पन्न भएको र आफू अब अध्यक्ष नरहेर संयोजकको भूमिकामा रहेको पनि बताए । ‘ केन्द्रीय कमिटी बैठक सफलतापूर्वक सम्पन्न भयो । म अब अध्यक्ष छैन, संयोजक भएँ,’– सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भने ।