काठमाडाैं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको सातौ पूर्ण बैठक बिहीबारबाट काठमाडौंमा सुरु भएको छ। प्रज्ञा भवन कमलादीमा बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनितिक एंव संगठनात्मक प्रस्ताव राखेका छन्।
प्रचण्डले अहिलेको केन्द्रीय समिति बिघटन गर्दै विशेष महाधिवेशनमा जानका लागि आफ्नो नेतृत्वमा आयोजक कमिटी बनाउने प्रस्ताव राखेका हुन्।
त्यस्तै उनले तोकिएको समयमा नै निर्वाचन हुनुपर्ने र पार्टीको ध्यान निर्वाचनमा केन्द्रीत गर्नुपर्नेमा जोड दिनुभएको बैठकमा सहभागी माओवादी नेताहरुले जनाएका छन्।
पार्टी अध्यक्ष प्रचण्डले राखेको राजनीतिक एंव संगठनात्मकमाथि प्रदेश अनुसार प्रतिनिधि बिभाजन गरि छलफल हुने र समूहका नेताले बैठकमा रिपोर्टिङ गर्ने माओवादीले जनाएको छ।
बैठकमा पदाधिकारी र समूहका नेताले मात्रै धारणा राख्ने कार्यसूचीका बारेमा महासचिव देव गुरुङले जानकारी गराएपछि केही नेताले आपत्ति जनाएका छन्।
माओवादी नेता रन्जित तामाङ, सुदन किराती लगाएतले हरेक सदस्यले आफ्नो धारणा राख्न पाउनुपर्ने माग राखेका थिए। केन्द्रीय समितिको बैठक शुक्रबार सम्पन्न हुने माओवादीले जनाएको छ।