नख्खु कारागार घटनाबारे छानबिन समिति बनाउने रास्वपाको निर्णय

नख्खु कारागार घटनाबारे छानबिन समिति बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी कात्तिक १४ र १५ गते केन्द्रीय विस्तारित बैठक गर्ने निर्णय गरेको छ ।

मंगबार र बुधबार बसेको बैठकमा केन्द्रीय सदस्यहरूले राखेका मौखिक तथा लिखित प्रस्तावमाथि व्यापक छलफल गर्दै भदौ २४ गते नख्खु कारागारलगायतका स्थानमा भएका घटनामा पार्टी सदस्यहरूको संलग्नता रहे-नरहेकोबारे सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने निर्णय गरिएको छ । 

त्यस्तै, भदौ २३ र २४ गते भएको आन्दोलनमा राज्य पक्षबाट भएको दमन र हिंसाको छानबिन प्रतिवेदन नआएसम्म तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र सञ्चारमन्त्रीलाई राजनीतिक गतिविधिमा सहभागी हुन रोक लगाउन सरकारको ध्यानाकर्षण गराइने छ । 

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि वाचापत्र तयार गर्न उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा सात सदस्यीय वाचापत्र लेखन समिति गठन गरिएको छ ।