नवनियुक्त कार्यकारी निर्देशक सिलवाल भन्छन् : मन्त्रीज्यूको निर्देशन कार्यान्वयन हुन्छ

नवनियुक्त कार्यकारी निर्देशक सिलवाल भन्छन् :  मन्त्रीज्यूको निर्देशन कार्यान्वयन हुन्छ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले मंगलबार पद्भार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै सिलवालले दुई वटा निर्णयमा हस्ताक्षर समेत गरेका छन् । 

निर्णयहरुमा १०औँ तहभन्दा माथिका कर्मचारी सरुवा सञ्चालक समितिमा लाने व्यवस्था संशोधन गर्दै कार्यकारी निर्देशकलाई नै अधिकार दिन प्रस्ताव गरिएको छ । त्यस्तै आर्थिक नियमावली अनुसार ठूलो पुँजीका आयोजना र कामहरूको प्रतिस्पर्धापछि नापजाँच गर्नको लागि समिति बनेको छ ।

पदभारको क्रममा सिलवालले दशैँ र तिहारको नजिक रहेको भन्दै विद्युतलाई नियमित आपूर्ति गर्न र डेलिकेडेट र ट्रंक लाइनको पैसा उठाउने निर्देशन कार्यान्वयन गर्ने बताए । 

उनले भने, ‘दशैँ र तिहारको संघारमा छौं । यो बेला कसरी हुन्छ विद्युतलाई नियमित आपूर्ति गर्ने भन्ने पहिलो प्राथमिकता हो त्यसमा काम गर्छौ । योसँगै नवनियुक्त मन्त्रीज्यूले डेलिकेडेट र ट्रंक लाइनको पैसा उठाउन निर्देशन दिनुभएको छ । त्यो निर्देशनलाई कार्यान्वयन गर्नतिर हामी जान्छौ ।’ 

सिलवालले सेवा प्रवाहलाई चुस्त दुरुस्त र गति बढाउन पर्ने धारणा समेत राखे । 

‘मलै तीन चारवटा कुरा मनन गरेको छु, अहिलेको युवा पुस्ताले के खोजेको हो भने एउटा सिस्टम खोजेको हुन् । हामीले बाटो काट्दा पनि यसो हेर्यौ भने सटकर्ट खोज्छौ । उनीहरु जेब्राक्रसिङ खोज्छन् । यसलाई मनन गरेर हामीले दिनुपर्ने केहोसेवा प्रवाहलाई चुस्त दुरुस्त गर्नुपर्यो र सेवा सुविधाको गति बढाउन पर्यो,’ उनले भने ।