प्रधानमन्त्री कार्की र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता, के-के भयो कुराकानी ?

प्रधानमन्त्री कार्की र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता, के-के भयो कुराकानी ?

काठमाडौं। प्रधानसेनापति अशोकराज सिग्देलले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर प्रधानसेनापति सिग्देलले प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा देशको पछिल्लो शान्ति सुरक्षाको अवस्थाबारे छलफल भएको बताइएको छ ।

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै नेपाली सेनाको पहलमा कार्की प्रधानमन्त्रीमा नियुक्त भएकी थिईन् ।

कार्की प्रधानमन्त्रीमा नियुक्त भएसँगै प्रधानसेनापति सिग्देलले पहिलो पटक भेटवार्ता गरेका हुन् । प्रधानसेनापति सिग्देल र प्रधानमन्त्री कार्कीबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।