डा. मिश्रालाई स्वास्थ्यमन्त्री नबनाउन प्रधानमन्त्रीमाथि दवाब

डा. मिश्रालाई स्वास्थ्यमन्त्री नबनाउन प्रधानमन्त्रीमाथि दवाब

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले हिजो (आइतबार) पाँच जनाको नाम मन्त्रीको लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिश गरेकी थिइन्। हिजो साँझ प्रधानमन्त्री कार्कीले उनीहरुको नाम सिफारिश गरेकी हुन्।

तर, स्वास्थ्यमन्त्रीमा नाम सिफारिश भएकी डा. संगिता कौशल मिश्राको नाममा भने विवाद भएपछि प्रधानमन्त्री कार्यालयले उनको नाम होल्ड गर्न शीतलनिवासमा सन्देश प्रवाह गरेको छ। मिश्राविरुद्ध अख्तियारमा छानबिन भैरहेको भन्ने आरोप छ। मिश्राको नियुक्तिको सवालमा अख्तियारले पनि चासो राखेको बताइन्छ।

उनीविरुद्ध छानबिन सकाएर मुद्दा दर्ताको प्रक्रिया अघि बढेको सन्देश अख्तयारबाट पनि प्राप्त भएपछि प्रधानमन्त्री कार्की उनको नियुक्तीको विषयमा रोकिएकी हुन्।

उनको ठाउँमा कसलाई ल्याउने भनेर प्रधानमन्त्री कार्कीले आज विहानैबाट छलफल गरेकी छिन्। मन्त्रीहरुको शपथ आज दिउँसो ३ बजेलाई शपथ तय भएको भनिएको छ।