काठमाडौं। सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाएको छ। उनको ठाउँमा पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई ल्याइएको छ।
प्राधिकरणबाट हटाइएका शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ। उर्जामन्त्री कुलमान घिसिङको प्रस्तावमा सरकारले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको हो।