विशेष ब्यूरोका डीआईजी डा.केसीको सरुवा

विशेष ब्यूरोका डीआईजी डा.केसीको सरुवा

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुखमा डा. मनोज केसी नियुक्त भएका छन्। आज बसेको मन्त्रीपरिषद बैठकले सो निर्णय गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा डा. आरजु राणविरुद्ध अनुसन्धान अगाडि बढाउँदा त्यहाँबाट हटाइएका एआईजी डा. मनोजकुमार केसी फेरि सिआईबी प्रमुखका रुपमा सरुवा भएका हुन् । त्यसबेला उनी डीआईजी दर्जामा दोस्रो हैसियतमा त्यहाँ कार्यरत थिए।

उनले ललिता निवास प्रकरणको पनि अनुसन्धान गरेका हुन् । उनी कात्तिक २७ मा रिक्त हुने ३३ औं आईजीका एक दावेदार पनि हुन् ।