प्रधानमन्त्री कार्की मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा

प्रधानमन्त्री कार्की मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिने भएकी छिन्। यसअघि तीन जना मन्त्री नियुक्त गरेकी प्रधानमन्त्री कार्कीले आज भने ७ जना मन्त्रीहरु नियुक्त गरेर आफू नेतृत्वको क्याविनेटलाई पूर्णता दिन लागेकी हुन् । अहिले गृह र कानून मन्त्रालयको जिम्मेवारी ओमप्रकाश अर्यालले सम्हालेका छन् ।

यस्तै, अर्थ मन्त्रालयको नेतृत्व रामेश्वर प्रसाद खनालले लिएका छन् । कुलमान घिसिङलाई भने उर्जा, सहरी विकास र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा दिईएको छ । प्रधानमन्त्री कार्कीले ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने भनेर यसअघि नै भनिसकेकी छिन् । आज ७ जना मन्त्रीहरु नियुक्त गर्नेगरि बालुवाटारले तयारी गरेको बताईन्छ ।