एक्सनमा उत्रिए कुलमानः विद्युत बक्यौता बक्यौता उठाउन निर्देशन दिँदै हितेन्द्रलाई पठाए पत्र

एक्सनमा उत्रिए कुलमानः विद्युत बक्यौता बक्यौता उठाउन निर्देशन दिँदै हितेन्द्रलाई पठाए पत्र

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिचाईँ मन्त्री कुलमान घिसिङ एक्सनमा उत्रिएका छन् । मन्त्रालयले डेडिकेटेड ट्रंकलाइनको वक्यौता उठाउन भन्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पत्र लेखेर निर्देशन दिएको हो ।

मन्त्री बनेसँगै पदभार सम्हाल्ने क्रममा घिसिङले पहिलो निर्णय नै डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल गर्ने गरेका थिए ।

प्राधिकरणले विभिन्न उद्योगीहरुसँग २२ अर्ब बक्यौता उठाउन बाँकी रहेको छ । कुलमान प्राधिकरणको कार्यकारी निर्देशक भएको बेलामा उक्त रकम उठाउने प्रयास गरिएपछि तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको सिफारिसमा तत्कालीन मन्त्रिपरिषद्ले उनलाई पदबाट बर्खास्त गरी उक्त ठाउँमा शाक्यलाई नियुक्त गरेको थियो । प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्तगीमा परेका कूलमानले ७ महिनामै विभागीय मन्त्रालयमा कमब्याक गरेका छन् ।