काठमाडौं। सर्वोच्च अदालत परिसरमा पाल टाँगेर इजलास खडा गरिएको छ । गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा सर्वोच्चमा आगजनी भएपछि पहिलो पटक पाल टाँगेर इजलास खडा गरी बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ भएको हो ।
सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार रेग्मीको इजलासमा बन्दीप्रत्यक्षीकरणको निवेदन परेको थियो । काठका सामान्य कुर्सी, टेबल राखेर एकातिर न्यायाधीश, अर्कोतिर इजलास अधिकृत र त्यहीँ नजिकै कानुन व्यवसायी बस्ने गरी इजलास खडा गरिएको छ ।