काठमाडौं। पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ।
बुधबार राति रूकुम पूर्व र बाग्लुङको सीमानामा केन्द्रविन्दु बनाएर ८ बजेर २५ मिनेटमा ४.६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।
यसअघि भदौ ६ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो ।