दुई मन्त्रीहरुले गरे क्षतिग्रस्त मन्त्रीनिवास निरीक्षण

दुई मन्त्रीहरुले गरे क्षतिग्रस्त मन्त्रीनिवास निरीक्षण

काठमाडौं । सरकारका दुई मन्त्रीहरुले जेनजी आन्दोलनमा क्षतिग्रस्त मन्त्रीनिवास निरिक्षण गरेका छन् । 

बुधबार ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ र गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले  जेनजी आन्दोलनमा ध्वस्त ललितपुरको भैंसेपाटीस्थित मन्त्रीनिवासको निरिक्षण गरेका हुन् ।

जलेका र  भत्किएका संरचनाहरु सबैले मिलेर बनाउनपर्ने उनीहरुको भनाई छ ।  उनीहरुले आज नै ध्वस्त संसद भवनको निरीक्षण गरेका थिए ।