काठमाडौं। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा राजदूत श्रीवास्तवले नेपालको समृद्धिमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
सो क्रममा राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई शुभकामना सन्देशसमेत प्रवाह गरेका थिए । यस्तै, दुई देशबीचको सहकार्यलाई अझै प्रगाढ बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री कार्कीबीच आज भिडिओ कन्फरेन्स हुने चर्चा थियो । तर, यो भिडिओ कन्फरेन्स बिहीबारको लागि तय भएको बताईन्छ । भारतीय प्रधानमन्त्री मोदीले यसअघि नै सामाजिक सञ्जाल र भाषणको क्रममा पनि प्रधानमन्त्री कार्कीलाई शुभकामना दिइसकेका छन् । भारतीय विदेश मन्त्रालयले त प्रधानमन्त्री नियुक्त हुनेबित्तिकै अन्तरिम सरकारको स्वागत गरेको थियो ।