देश रोएको बेला बालेन हाँस्दै बसेको हर्क सम्पाङको आरोप

देश रोएको बेला बालेन हाँस्दै बसेको हर्क सम्पाङको आरोप

काठमाडौं। धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले देश रोएको बेलामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह भने हाँस्दै बसेको टिप्पणी गरेका छन् ।

साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा बालेनविरुद्ध निरन्तर असन्तुष्टि पोख्दै आएको थिए । साम्पाङले पोख्दै आएको असन्तुष्टिलाई मत्थर पार्ने उद्देश्यले बालेनले सामाजिक सञ्जालबाट भनेका थिए, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो । यू आर माई ट्रु लभ ।’

त्यसपछि बालेनलाई जवाफ फर्काउँदै सम्पाङले लुकेर गेम खेल्दै स्टेटस लेखेको बताएका छन् । उनले ‘देशले के कति गुमायो त्यो थाहा छ ?’ भन्दै बालेनलाई भनेका छन्, ‘देश रोएको बेला ऊ हाँस्दै बसेको छ ।’