काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की मन्त्रिपरिषद् विस्तारको लागि फेरि गृहकार्यमा जुटेकी छिन्। हिजो तीन जना मन्त्री नियुक्त भएर पदभार ग्रहण गरेका थिए। त्यसको भोलिपल्ट उनी आज वरिष्ठ नेत्र रोग चिकित्सक डा. सन्दुक रुइतलाई भेट्न तिलगंगा आँखा प्रतिष्ठानमा पुगेकी हुन्।
सुशीला कार्की प्रधानमन्त्री बनेदेखि नै आफ्नो टिममा चर्चित अनुहार समेट्ने प्रयास गरेकी छिन् । तिलगंगाबाट प्रधानमन्त्री कार्कीलाई विदाई गर्ने बेलामा डा. रुइतलाई सरकारमा सहभागी हुन लाग्नुभएको हो भनेर पत्रकारले सोधेका थिए । जवाफमा रुइतले विरामी कसले हेरिदिन्छ ? भन्दै आफू नजाने जवाफ दिएका छन् ।
डा. रुइतले हालै पत्रकार सम्मेलन गरेर बारबरा फाउण्डेशनको तर्फबाट हामी नेपालसँग अहिले कुनै सम्बन्ध रहेको स्पष्ट पारेका थिए । भूकम्पको बेलामा भने आफूहरुले हामी नेपाललाई अफिस सेयर गर्न दिएको उनको भनाई थियो ।