काठमाडौं। मन्त्रिपरिषद्ले आगामी असोज १ गते शोक विदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेन–जी आन्दोलनका क्रममा मृत्युवरयण गरेकाहरुप्रति शोक विदा दिने निर्णय गरेको हो।
गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओम प्रकाश अर्यालले असोज १ गते सार्वजनिक बिदा दिएर देशभर झण्डा झुकाउने निर्णय भएको बताए। उनका अनुसार जेनजी आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका व्यक्तिहरूलाई शहीद घोषणा गरिएको छ।
ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय अर्यालले जानकारी दिए। जेनजी प्रदर्शनको क्रममा भएका घटनाहरूको बारेमा छानबिन गर्नका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय भएको छ ।
‘जुन जनधनको क्षति भयो । ज्यादती भयो । यसको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय भएको छ,’ उनले भेन, ‘त्यसको प्रतिवेदनको आधारमा अघि बढ्ने सैद्धान्तिक निर्णय भएको हो ।’
उनले उक्त आयोगमा को को हुने भन्नेबारे टुंगो नलागेको बताए । सकेसम्म पूर्वन्यायाधिश नै आयोगको संयोजक हुनेगरी अघि बढ्ने आशा उनले व्यक्त गरे ।
जेनजी आन्दोलनका क्रममा देशभरि ७२ जनाले ज्यान गुमाएका छन् भने २ हजार ३१६ जना घाइते भएका छन्। देशका विभिन्न अस्पतालमा २८३ जना उपचाररत छन्।