संसद् विघटन गर्ने सहमति, सुशीला कार्की प्रधानमन्त्री नियुक्त

संसद् विघटन गर्ने सहमति, सुशीला कार्की प्रधानमन्त्री नियुक्त

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल संसद् विघटन गर्न सहमत भएका छन् । जेन-जी ले अघि सारेको मागबमोजिम नै संसद् विघटन गरेर नयाँ सरकार बनाउने शितलनिवासमा समझदारी बनेको हो । जेन-जीले अघि सारेकी पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेर सपथ खुवाउने सहमति बनेको छ ।

नयाँ नियुक्त हुने प्रधानमन्त्रीलाई सिंहदरबारमा नयाँ बनेको गृह मन्त्रालयमा राखिने तयारी भैसकेको छ । कर्मचारीले सिंहदरबारमा कुर्सी, फर्निचरलगायतका सामानको बन्दोबस्ती गरिसकेका छन् ।