सम्पर्कमा आए टोपबहादुर, कारागार फर्किन तयार

सम्पर्कमा आए टोपबहादुर, कारागार फर्किन तयार

काठमाडौं। नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी कारागार प्रशासनको सम्पर्कमा आएका छन् । प्रशासनको सम्पर्कमा आएर रायमाझीले आफू कारागार फर्किन तयार रहेको बताएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि २ वर्षदेखि केन्द्रीय कारागार सुन्धारामा रहेका रायमाझी गत मंगलबार भागेका थिए । जेन–जी प्रदर्शनका क्रममा केन्द्रीय कारागारबाट ३ हजार ३ सय कैदीबन्दी भागेको बताइएको छ ।

रायमाझीले टेलिफोन सम्पर्क गरेर आफू कारागार फर्किन तयार रहेको बताएका हुन् । कारागार प्रशासनले रायमाझीलाई सम्पर्कमै रहन भनेको बताइएको छ ।