काठमाडाैं। काठमाडौँ उपत्यका प्रहरी कार्यालयको प्रमुख परिवर्तन गरिएको छ।
यसअघि निमित्त प्रमुखको जिम्मेवारीमा रहेका डीआईजी ओम रानाको ठाउँमा एआईजी दानबहादुर कार्कीलाई जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
कार्की यसअघि मानवश्रोत विकास विभागको प्रमुख थिए।
एआईजी टेक तामाङ अवकार भएपछि काठमाडौँ उपत्यका प्रहरी कार्यालय निमित्तको भरमा थियो। एआईजीको दरबन्दी रहेको कार्यालयमा डीआईजी राना कार्यरत थिए।
हिजो जेनजीले गरेको प्रदर्शनका क्रममा काठमाडौँमा १७ र सुनसरीमा दुई युवाको मृत्यु भएपछि सरकारको व्यापक आलोचना भइरहेको छ।