रास्वपाद्वारा प्रधानमन्त्रीको राजीनामा र ‘अर्ली इलेक्सन’ को माग

रास्वपाद्वारा प्रधानमन्त्रीको राजीनामा र ‘अर्ली इलेक्सन’ को माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेको छ । आज बसेको सचिवालय बैठकले जेनजीद्वारा आयोजित आजको प्रदर्शनमा सरकारले गरेको बर्बर दमन गरेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हो ।

बैठकपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, वर्तमान सरकारको औचित्य पुर्णतस् समाप्त भइसकेको परिप्रेक्षमा प्रधानमन्त्रीको तत्काल राजीनामा माग्दछौँ । साथै घटनाको निश्पक्ष छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गरि गृहमन्त्री लगायत सबै दोषीमाथि कडा कारबाही गर्न माग गर्दछौँ ।

नेपाली कांग्रेस र नेकपा एमालेको वर्चस्व रहेको वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्षमा पुग्दै ताजा जनादेशको माग गरेको छ ।