काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले) दोस्रो विधान महाधिवेशन शुक्रबार (आज)बाट सुरु हुँदै छ। ललितपुर गोदावरीमा हुने विधान महाधिवेशन बिहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दै छन् ।
महाधिवेशनस्थल गोदावरी पार्टीको हसिया हथौंडा र चुनाव चिह्न सूर्यअंकित झन्डाले दुलहीझै सिँगारिएको छ। महाविधेशन उद्घाटनअघि बिहीबार बसेको एमाले सचिवालय बैठकले विधानबाहेकका ६ वटा प्रतिवेदन पारित गर्दै महाविधेवशनमा पेस गर्ने गर्ने निर्णय गरेको छ । बैठकले अध्यक्ष ओलीको ‘राजनीतिक प्रतिवेदन’ र महासचिव शंकर पोखरेलको ‘संगठनात्मक प्रतिवेदन’ पारित गरेर हलमा प्रस्तुत गर्ने निर्णयसमेत गरेको छ ।
यसैगरी, बैठकले केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद् अध्यक्ष अमृतकुमार बोहोराले पेस गर्ने प्रतिवेदन पनि पारित गरेको छ।
सभा हलको पर्खालसँगै मिडिया सेन्टर व्यवस्था गरिएको छ । पूर्ण वाइफाई जोनसहितको सेन्टरमा डिजिटल बोर्ड छ। प्रतिनिधि, पर्यवेक्षकको परिचयपत्र मूलगेटमा मात्रै होइन, हलभित्र पस्दासमेत पुनः स्क्यान गरिन्छ । त्यहीँबाट स्वयंसेवकले ‘कसलाई कुन द्वार र कुन सिटमा बस्ने
उपाध्यक्ष विष्णुप्रसाद पौडेलले महाविधेशनमा पेस गर्ने विधान संशोधनसम्बन्धी प्रस्ताव यसअघि केन्द्रीय कमिटी बैठकबाट पारित भइसकेको भन्दै सचिवालयले यस विषयमा थप निर्णय गरेन । एमालेले विधान मस्यौदा र अध्यक्षसहितले पेस गर्ने विभिन्न ७ वटा प्रतिवेदन पारित गर्न गत १३ भदौमा केन्द्रीय कमिटी बैठक डाके पनि अन्तिम समय स्थगन गरी सचिवालयमार्फत् निर्णय गराएको हो ।
पूर्वउपाध्यक्ष विद्या भण्डारीको सदस्यता विवाद तथा विधानको ७० वर्षे उमेर हद र दुईभन्दा बढी कार्यकाल पदाधिकारीमा नेतृत्व गर्न पाउने विधानको प्रस्तावित व्यवस्था विवादमा परेपछि केन्द्रीय कमिटी छलेर एमालेले सचिवालयमार्फत् प्रतिवेदन पारित गरेर हलमा लैजाने निर्णय लिएको हो । केन्द्रीय कमिटी बैठक नबसेकै कारण भण्डारीको सदस्यता सक्रिय पार्नुपर्ने पक्षमा रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका तीन पदाधिकारीले महाधिवेशनमा ‘फरक मत’ दता गर्ने तयारीसमेत गरेका थिए ।
तर अन्तिममा आएर भण्डारी समूहका तर्फबाट स्थायी कमिटी सदस्य कर्ण थापाले मात्र केन्द्रीय कार्यालयमा फरक मत दर्ता गराएका छन् । थापाले भण्डारीको सदस्यता सक्रिय पार्नुपर्नेगरी राखेकाबाहेकका विधानसम्वन्धी ‘फरक मत’मा भने महाधिवेशन हलमा छलफल हुने भएको छ । ललितपुर सातदोबाटोदेखि गोदावरीसम्म १८ वटा भव्य स्वागतद्वार निर्माण गरिएको छ ।
यस्तै बिजुलीका खम्बामा पार्टीको हसिया हथौडा चिन्ह र चुनाव चिन्ह सूर्य ध्वजावाहक झन्डाले सिंगारिएको छ। महाधिवेशन स्थल ‘एमाले डिजिटल वल्र्ड’ अवधारणामा आधारित छ । एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारा अघि सारेको छ । महाधिवेशन सभाहलसम्म पुग्दा नविन प्रकारको ‘माक्र्ससिजम् डिजिटल वल्र्ड’मा छिरेको अनुभव हुने एमालेको बुझाइ छ ।
एमाले स्थायी कमिटीका सदस्य विनोद श्रेष्ठले पार्टीको पाँचौ ं महाधिवेशनदेखि बाँस, काठ, हस्तलिखित ब्यानरबाट मञ्च, स्वागतद्वारा निर्माण गरिएको बताए । तर अहिले सनराइज सभा हललाई पुरै ‘डिजिटल सिस्टम’मा जोडिएको उनले बताए । सभा हलको सिट संख्या २ हजार ८ सय ४० वटा छ ।
हलभित्र छिर्ने ४ वटा प्रवेश द्वार छन् । पहिलो द्वारबाट भिभिआइपी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको मात्रै प्रवेश गर्नेछन् । अन्य पदाधिकारी, मन्त्री, मुख्यमन्त्री सबै दोस्रो र तेस्रो प्रवेशद्वारबाट प्रतिनिधिसँगै प्रवेश गर्ने छन् । परिचय स्क्यान गर्ने ६ वटा कम्प्युटरका बुथ छन् । त्यही बुथबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवकहरूले प्रवेश पाउने छन् ।
मूल प्रवेश द्वारबाट प्रवेश गर्दा साथ हलको छतबाट पार्टी र चुनाव चिन्ह सूर्य अंकित झण्डा लहरै फहराएका छन् । अन्तिम प्रवेश द्वारबाट क्याटरिङका लागि खाद्यान्न, खानेपानी ढुवानीका लागि खुला गरिएको छ । दोस्रो र तेस्रो प्रवेशद्वारबाट महाधिवेशन हल छिर्दासाथ दायातिर प्रधानमन्त्री ओलीको पूर्णकदसहित हात उठाएको तस्बिर, दोस्रो विधान महाधिवेशनको लोगो राखिएको छ ।
हलको भित्तामा महाधिवेशनको लोगो, एमाले र अंग्रेजीमा ‘सीपीएन यूएमल’ले स्वागत गरिएको छ । बायाँतिर नेकपाका संस्थापक महासचिव पुष्पलाल, पूर्वमहासचिव मदन भण्डारी र पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको पूर्णकदको तस्बिर राखिएको छ । पश्चिमतिर कार्लमाक्र्स, एङ्ेल्स र लेनिनको पूर्ण कदसहित तस्बिर राखिएको छ । हलभित्र २२ सय स्क्वार फिट डिजिटल बोर्ड राखिएको छ ।
सभा हलको पर्खालसँगै मिडिया सेन्टर व्यवस्था गरिएको छ । पूर्ण वाइफाई जोनसहितको सेन्टरमा डिजिटल बोर्ड छ । प्रतिनिधि, पर्यवेक्षकको परिचयपत्र मूलगेटमा मात्रै होइन, हलभित्र पस्दासमेत पुनः स्क्यान गरिन्छ । त्यहीँबाट स्वयंसेवकले ‘कसलाई कुन द्वार र कुन सिटमा बस्ने ?’ भनेर व्यवस्था मिलाउने छन् । अध्यक्ष तथा प्रधानमन्त्री ओलीले कसरी उद्घाटन गर्ने त्यसको डिजिटल कन्सेप्ट अझै टुङ्गो नलागेको उनले बताए । मञ्च व्यवस्थापन संयोजक श्रेष्ठले भने, ‘तर परम्परागत उद्घाटन, स्वागत, शुभकामना मन्तव्य जस्ता कार्यक्रम रहने छैन ।
उद्घाटनको सत्र १२ मिनेटभित्र सकिने छ । उद्घाटन समारोहमा मंगलधुन, शहीदको सम्झनामा शोक धुन, राष्ट्रिय धुन, अन्तर्राष्ट्रिय कम्युनिस्ट गीतको धुन बज्ने छ ।’ उद्घाटन समारोहमा सभा हलभित्र धुन बजिरहँदा बाहिर मिडिया सेन्टरमा कलाकारहरूले आर्ट बनाउने र त्यसको लाइभ भित्र हलमा पनि गरिने उनले बताए । झाँकीहरू हल बाहिर नै प्रदर्शनको व्यवस्था गरिएको छ । उद्घाटन लगत्तै पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
यसैगरी केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्ने स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । दोस्रो विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३ सय १५ जना थप गरी कुल २३ सय ४१ जनाको सहभागी रहने छन् ।
स्वयंसेवक, सुरक्षा निकायसहित ३५ सय जनालाई खानाको व्यवस्था गरिएको छ । शुक्रबार नै सबै प्रतिवेदन माथिको छलफलका लागि १० समूहमा विभाजन गरी छलफल गराइने छ । त्यसका लागि माथि छतमा ४, हल प्रवेश छेउमा २, हलभित्र २ र बाहिर क्याटरिङ स्थलमा २ वटा समूह छलफलको लागि व्यवस्था मिलाइएको छ । ललितपुर सातदोबाटो चोकबाट महाधिवेशन स्थलसम्म यातायात व्यवस्था र सातदोबाटोदेखि महाधिवेशन स्थलसम्म विभिन्न पार्टी कमिटी र जनसंगठनका तर्फबाट स्वागतद्वारका अतिरिक्त उपत्यकाका विभिन्न स्थानहरूमा स्वागत गेटहरू निर्माणलगायत आवश्यक सबै काम पूरा भइसकेको छ ।