काठमाडौं, १७ भदौ । विभिन्न १७ वटा विद्यार्थी संगठनले आज कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले शिक्षा समितिबाट पारित भएको र प्रतिनिधिसभामा टेवुल भएको विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाएका छन् ।
प्रस्तावित विधेयकले उक्त अपेक्षाहरूलाई लत्त्याउँदै शैक्षिक निजीकरण र व्यापारीकरणलाई थप संस्थागत गर्ने, सार्वजनिक शिक्षालाई ध्वस्त पार्ने र युवाहरूको विदेश पलायनलाई प्रोत्साहन गर्ने गरी आएकोमा आपत्ति जनाएका छन् ।
हिजोमात्रै १७ विद्यार्थी संगठनले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आन्दोलनमा उत्रिने घोषणा गरेका थिए । घोषित कार्यक्रमअनुसार नै उनीहरुले आज कार्यवाहक प्रधानमन्त्री सिंहलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।
यस्तो छ उनीहरुले बुझाएको ज्ञापनपत्र