काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को युवा सङ्गठनमा समानान्तर कमिटी गठन भएको छ । आज (आइतबार) सञ्जीव राईको संयोजकत्वमा २ सय २१ सदस्यीय समानान्तर कमिटी घोषणा भएको हो ।
समानान्तर कमिटीका संयोजक राई पार्टीका सम्मानित नेता झलनाथ खनालनिकट मानिन्छन् । पार्टी अध्यक्ष माधव कुमार नेपाल पक्षले मनोमानीपूर्ण व्यवहार देखाएको भन्दै उनीहरुले समानान्तर कमिटीको अभ्यास गरेका हुन् ।
पार्टीभित्र सम्मानित नेता खनाल र अध्यक्ष नेपालबीच विवाद चर्किरहेको बेलामा युवा संगठनमा बनेको समानान्तर कमिटीलाई विशेष रुपमा हेरिएको छ ।