लोकतान्त्रिक विधिबाटै राजतन्त्र आउँछ : कमल थापा

काठमाडौं : पूर्व उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले संवैधानिक रूपमै राजतन्त्र पुनर्स्थापित बताएका छन् । शुक्रबार इटहरीमा प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रम पछि पत्रकार सम्मेलनमा बोल्दै थापाले राजतन्त्र ’जस्केला’बाट नभई जनताले नै ल्याउने बताएका हुन् । उनले संविधानलाई संशोधन गरेर जनताले नै राजतन्त्र फर्काउने विश्वास व्यक्त गरेका हुन्।

कुनै विदेशी शक्तिबाट नभई जनताले चाँडै लोकतान्त्रिक प्रक्रियाबाटै संवैधानिक राजतन्त्र ल्याउने आउने थापाको धारणा छ । भ्रष्टाचारको खबरदारी गर्ने संवैधानिक अङ्गमा पार्टी कार्यकर्ता नियुक्ति गर्नेदेखि मन्त्रिपरिषद्को निर्णय गर्दै भ्रष्टाचारको छानबिन छल्न खोजिएको उनको भनाइ छ ।