अडियो प्रकरण : विजय मिश्रविरुद्ध गाली बेइज्जती मुद्दा दायर

अडियो प्रकरण : विजय मिश्रविरुद्ध गाली बेइज्जती मुद्दा दायर

काठमाडौं : निवर्तमान सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटा गाली बेइज्जतीसम्बन्धी मुद्दा लिएर अदालत पुगेका छन् । काठमाडौं जिल्ला अदालतमा उनले शुक्रबार मिश्रविरुद्ध मुद्दा दायर गरेका हुन् ।

मिश्रले सेक्युरिटी प्रेस खरिद प्रकरणमा बाँस्कोटाको ७० करोड कमिसन मागेको अडियो सार्वजनिक गरेका थिए । सोही कारणले बाँस्कोटाले नैतिकताका आधारमा भन्दै राजीनामा दिएका थिए । सञ्चारमन्त्री बास्कोटाले मिश्रले आफूलाई झुटो आरोप लगाएको भन्दै उजुरी दिएका हुन् ।