सचिवालयको निर्णय अवज्ञा गर्ने कल्पनाभन्दा बाहिर : प्रचण्ड

सचिवालयको निर्णय अवज्ञा गर्ने कल्पनाभन्दा बाहिर :  प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले राष्ट्रियसभा सदस्यमा पार्टीका उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिस गर्ने सचिवालयको निर्णय सर्वसम्मत भएकाले यसको अवज्ञा गर्ने कुरा कल्पनाभन्दा बाहिरको भएको बताएका छन्। प्रेस संगठन चितवनले शुक्रबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले २१ गते बामदेव गौतम सदस्य हुने बताए ।

सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा नियुक्त हुने राष्ट्रियसभा सदस्यमा गौतम नै हुने उनको दावी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमको नाम सिफारिस नगर्ने बताए पनि दाहालले भने पार्टीको सचिवालयले सर्वसम्मत निर्णयलाई प्रधानमन्त्रीले अस्वीकार गर्न नसक्ने भन्दै गौमत नै सदस्य हुने बताए ।