सर्वोच्चले माग्यो छविलाल जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन

सर्वोच्चले माग्यो छविलाल जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन

काठमाडौं। सर्वोच्च अदालतले नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ । 

आज (मंगलबार) न्यायाधीश विनोद शर्माको इजलासले यस्तो आदेश गरेको हो । बुटबलको सुप्रिम सहकारी ठगी प्रकरणमा जोशीलाई जिल्ला अदालतले रूपन्देहीले पुर्पक्षका लागि थुनामा पठाएको थियो । 

जोशी जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गएका थिए । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले पनि जिल्ला अदालकै फैसला सदर गरेपछि उनी सर्वोच्च आएका थिए ।

आफूलाई थुनामा पठाउने आदेशमा त्रुटीरहेको जिकिरसहित उनी सर्वोच्च पुगेका हुन् । मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ को दफा ७३ मा थुनछेक वा तोकिएको धरौट, जमानत वा बैंक जमानतमा चित्त नबुझ्ने पक्षले एक तहसम्म पुनरावेदन सुन्ने अदालतमा निवेदन गर्न सक्ने व्यवस्था रहेको छ । जोशी अहिले जिल्ला कारागार रूपन्देहीमा थुनामा छन् ।