पेट्रोल र डिजेलको मूल्य बढ्ने,प्रतिलिटर १०/१० रुपैयाँ विकास कर

पेट्रोल र डिजेलको मूल्य बढ्ने,प्रतिलिटर १०/१० रुपैयाँ विकास कर

काठमाडौं : सरकारले पेट्रोल र डिजेलमा लगाउँदै आएको विकास करलाई ५ रुपैयाँबाट बढाएर १० रुपैयाँ पुर्‍याएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत सरकारको प्रवक्ता समेत रहेका अर्थमन्त्री युवराज खतिवडाले पेट्रोलियम पदार्थको आयातमा लिइने गरिएको विकास कर ५ रुपैयाँबाट बढाएर १० रुपैयाँ पुर्‍याइएको बताए ।

बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर ५  रुपैया कर लगाउन थालेको थियो । अहिले आएर सो कर रु ५ थपेर रु १० पुर्‍याइएकाे हाे ।