कर्मचारीहरुले होइन भन्दा भन्दै मेरो नाम किन लेखियो : जर्नादन शर्मा

कर्मचारीहरुले होइन भन्दा भन्दै मेरो नाम किन लेखियो : जर्नादन शर्मा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका नेता जनार्दन शर्माले आफूले नगरेको निर्णयमा नाम जोडेर प्रचार गरिएको भन्दै सरकारसँग जवाफ मागेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाल ट्रस्टको जग्गा हिनामिनामा आफू गृहमन्त्री हुँदा निर्णय भएको आशय लाग्ने गरी श्वेतपत्रमा नाम उल्लेख भएको भन्दै आपत्ति जनाए । ‘असोज ३० गतेमा म गृहमन्त्रीको जिम्मेवारीबाट हटेको छु । असोज ३० गते नै मैंले पत्रकार सम्मेलन पनि गरें । त्यो दिनै मलाईं विना विभागिय जिम्मेवारीमा पठाइएको छ र म मन्त्री नै छैन् ।’

प्रतिनिधि सभाको बिहिबारको बैठकमा बोल्दै शर्माले भने, ‘मन्त्री नै नभएको मान्छेको जबरजस्ती नाम लेखिने कुरा र कर्मचारीहरुले होइन भन्दा भन्दै लेखिनुको कारण के ? लेख्नुपर्ने नाम किन लेखिएन ?’प्रभाकरले सरकारले जारी गरेको स्वेतपत्र स्वतेपत्र नभई ‘अस्वेतपत्र’ भएको बताए । सरकारले फागुन १३ गते जारी गरेको श्वेतपत्रमा थामसेर्कुको आर्थिक प्रस्ताव स्वीकृत भएको र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनार्दन शर्मा भनी उल्लेख गरिएको भन्दै शर्माले सो मितिमा आफू गृहमन्त्रीबाट हटिसकेको बताए ।

कर्मचारीले संलग्न छैनभन्दा भन्दै किन नाम लेखियो ? यो अश्वेतपत्र किन लेखियो होला ?” शर्माले भने “म गृहमन्त्री नै छैन । नभएको मान्छेको नाम लेखेर मिडियाबाजी गराउने काम किन गरियो ? विश्वासको संकट प¥यो । यसको जवाफ चाहिन्छ मलाई । रक्षामन्त्री, प्रधानमन्त्रीबाट जवाफ चाहन्छु ।”आफूले राज्यव्यवस्था समितिमा संविधानको भावनाभन्दा बाहिर विधेयक आउँदा संशोधनका लागि लाग्ने गरेको र सरकार दलालहरूको घेराबाट बच्नुपर्छ भन्ने गरेकाले सोही कारण सरकारले तर्साउन खोजेको हो कि भन्ने आशंका व्यक्त गरे ।

“मलाई तर्साउन खोजिएको हो ? आत्मसमर्पण गराउन खोजिएको हो ? म कहिल्यै आत्मसमर्पण गर्दिन र तर्सिन पनि तर्सिँन्न । सरकारले मलाई त ढाँट्न सक्ला, ठग्न सक्ला । जनतालाई ठग्न सक्छ ?” शर्माले भने । समाचार आएपछि आफू नेपाल ट्रस्टको कार्यालयमा गएको र सो निर्णय भएको भनिएको माइन्युट हेर्न निवेदन दिए पनि नपाएको गुनासो गरे ।