मालेका महासचिव मैनाली चढेको गाडी बर्दिबासमा दुर्घटना

मालेका महासचिव मैनाली चढेको गाडी बर्दिबासमा दुर्घटना

महोत्तरी : नेकपा मालेका महासचिव सीपी मैनाली चढेको गाडी महोत्तरीको बर्दिबासमा दुर्घटना भएको छ । सीपी मैनाली चढेको बा ७ च २१२० नम्वरको गाडी र सिन्धुलीबाट बर्दिबास तर्फ जादै गरेको पिकअप भ्यान बर्दिबास नगरपालीका वडा नम्वर २ रातोपुलमा ठोक्किदा उनी घाइते भएका छन् । प्रहरीका अनुसार उनको टाउको र दाइने खुट्टामा चोट लागेको छ ।