शेयर बजार ओरालो लाग्यो

शेयर बजार ओरालो लाग्यो

काठमाडौं : धितोपत्र बजारमा साताको अन्तिम कारोबार दिन आज शेयर कारोबार मापक नेप्से परिसूचक ८.०५ अंकले घटेर ११२०.२९ बिन्दुमा रोकिएको छ । स्टकका अनुसार कुल १६५ कम्पनीका १० लाख ५० हजार ४ सय १२ कित्ता शेयर रु २९ करोड ७७ लाख ९७ हजार ७१ रुपैयामा खरिदबिक्री भएको छ ।

सामुहिक लगानी कोष,ब्यापार र अन्य उपसमुह बाहेका सबै समुहको सेयर ओरालो लागेको छ । साताको अन्तिम दिन साल्ट ट्रेडिङ्ग कर्पोरेसन,घोडाघोडि लघुवित्त र नेपाल हाइड्रो डेभ्लबर्सको लगानीकर्ताले करिब १० प्रतिशतको हाराहारीमा कमाएका छन् भने जनउत्थान सामुदायिक लघुवित्त कम्पनीको लगानीकर्ताले करिब ८प्रतिशतको हाराहारीमा गृमाएका छन् ।

अर्थमन्त्री फेरीने हल्लाका कारण अस्थिर बनेको शेयर बजार फेरी आफ्नो लयमा पुग्न समय लाग्ने देखीन्छ ।