काठमाडौँ । राजावादी र प्रहरीबीचको झडपले तीनकुने क्षेत्र रणमैदान जस्तै बनाएको छ । तीनकुनेबाट निषेधित क्षेत्र तोड्दै प्रदर्शनकारी बानेश्वरतिर अघि बढ्दा भएको झडपले तीनकुने रणमैदान जस्तै बनेको हो ।
प्रहरीले प्रदर्शनकारीलाई रोक्न कयौँ राउन्ड अश्रुग्यास हानेको छ भने पानीको फोहोरा पनि चलाएको छ । त्यसैगरी प्रदर्शनकारीले ढुंगा हानेका छन् । अहिले तीनकुने क्षेत्र झडपका कारण युद्धको बेलाको जस्तै अस्तव्यस्त बनेको छ । झडपका क्रममा केही प्रहरी र प्रदर्शनकारी पनि घाइते भएका छन् ।