ओली, देउवा र प्रचण्ड एउटै कार्यक्रममा

ओली, देउवा र प्रचण्ड एउटै कार्यक्रममा

काठमाडौँ । सत्ता र प्रतिपक्षका तीन प्रमुख नेता एकैमञ्चमा देखिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता साझेदार दलका प्रमुख नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिहीबार एउटै मञ्चमा जुटेका हुन् । 

राजधानीमा आयोजित नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी राष्ट्रिय सम्मेलनमा तीन नेता एकैमञ्चमा उपस्थित भएका हुन् । 

सम्मेलनमा तीनै नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । चैत ११ गतेमात्रै संक्रमणकालीन न्याय ९टीआरसी० टुंग्याउन सर्च कमिटी गठन गर्ने दलहरूबिच सहमति जुटेको थियो । सोही सहमतिअनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओम प्रकाश मिश्रको अध्यक्षतामा कमिटी गठन गर्ने निर्णय गरेको थियो ।