प्रधानमन्त्रीले गरे केशर महलको अवलोकन

प्रधानमन्त्रीले गरे केशर महलको अवलोकन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गोरखा भूकम्पबाट क्षति भई प्रवलीकरण भइरहेको ऐतिहासिक केशर महलको आज अवलोकन गरेका छन्। अवलोकनपछि प्रधानमन्त्री ओलीले केशर महलको ऐतिहासिक र सांस्कृतिक महत्वलाई संरक्षण गर्न निर्देशन दिए।

प्रधानमन्त्री ओलीले केशर पुस्तकालय र स्वप्न बगैँचाको पनि अवलोकन गरे। पुस्तकालयको अवलोकनपछि उनले आगन्तुक पुस्तिकामा ‘केशर पुस्तकालयको संरक्षण र सदुपयोग गरौं’ भन्ने लेखेका छन्।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले केशर महललाई पहिलेकै स्वरुप कायम गर्ने गरी प्रवलीकरण गर्ने र राष्ट्रियस्तरको कला केन्द्रका रुपमा विकास गर्ने योजना रहेको जानकारी दिए। ५९ करोड ५० लाखको ठेक्का सम्झौता रहेको केशरमहलको प्रवलीकरण २०७८ साल मङ्सिरसम्ममा सम्पन्न गर्ने लक्ष्य छ।