बाराको सार्वजनिक जग्गा किर्ते प्रकरणमा वारेस अधिकृत तिमिल्सिना पक्राउ, मुख्य नाइकेविरुद्ध पुर्जी जारी

बाराको सार्वजनिक जग्गा किर्ते प्रकरणमा वारेस अधिकृत तिमिल्सिना पक्राउ, मुख्य नाइकेविरुद्ध पुर्जी जारी

बारा : बाराको सयौं बिगाहा सार्वजनिक जग्गा हडप्न खोज्ने प्रद्युम्नराज पाण्डेलाई पक्राउ पुर्जी जारी गरी प्रहरीले उनका मुख्य वारेस अधिकृत शुरेस तिमिल्सिनालाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय सिमराले सोमवार पाण्डेलाई पक्राउ पुर्जी जारी गरी उनका मुख्य वारेस अधिकृत तिमिल्सेनालाई नियन्त्रणमा लिएको हो। अमेरिका बस्दै आएका पाण्डेको सम्पुर्ण किर्ते काम वारेस अधिकृत तिमिल्सेनाले गर्दै आएका छन्।

पाण्डेले विशेष आर्थिक क्षेत्र ‘सेज’ प्राधिकरण, अम्लेखगञ्जको रेलवेय कार्यालय आसपासको सार्वजनिक जग्गा र फिल्डबुकमा ऐलानी, पर्ति खोला, बगर, गौचरन भनि उल्लेख भएका बाराको विभिन्न स्थानका सयौ बिगाहा सार्वजनिक जग्गा सुकुम्बासी समस्या समाधान आयोगको माध्यमवाट किर्ते पुर्जा बनाउन पटक पटक प्रयास गरेका थिए।जसमध्ये पाण्डेले जीतपुरसिमरा वडा नं २३ को साविक कित्ता नं ६१ को एक बिगाहा १० कठ्ठासहित २० बिगाहा बहुमुल्य सार्वजनिक जग्गाको किर्ते पुर्जा बनाईसकेका छन्।