प्रधानमन्त्री ओली र दाहालबीच बालुवाटारमा छलफल जारी

काठमाडौँ : नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भइरहेको छ ।उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने प्रस्ताव लगायत विषयमा दुई अध्यक्षबीच बालुवाटारमा छलफल जारी रहेको प्रधानमन्‍त्री एवं नेकपा अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार छलफल अमेरिकी नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्‍धमा नेकपा कार्यदलले बुझाएको प्रतिवेदन, गौतमलाई राष्ट्रिय सभामा लैजाने शनिबारको प्रस्ताव, संविधान संशोधनका लागि गठन गरिएको भनेको कार्यदलबारे केन्द्रित छ।

त्यस्तै अध्यक्षद्वयबीच पार्टी एकताका टुंगिन बाँकी कामबारे छलफल हुने छ। शीर्ष नेताको छलफलपछि आजै नेकपा सचिवालय बैठक बस्‍ने तयारी छ। झलनाथ खनाल संयोजक रहेकोएमसीसी अध्ययन कार्यदलले यथास्थितिमा एमसीसी संसदबाट पारित गर्न नहुने सुझावसहितशुक्रबार ओली र दाहाललाई प्रतिवेदन बुझाएको थियो।