नवनिर्वाचित राष्ट्रियसभा सदस्यको शपथ आगामी फागुन २१ गते गराउइने

नवनिर्वाचित राष्ट्रियसभा सदस्यको शपथ आगामी फागुन २१ गते गराउइने

काठमाडौं : नवनिर्वाचित राष्ट्रियसभा सदस्यको शपथ यही फागुन २१ गतेका लागि तय भएको छ । गत माघ ९ गते निर्वाचित १८ जनालाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ गराउने कार्यक्रम २१ गतेका लागि तय भएको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

राष्ट्रिय पोशाक वा आ(आफ्नो पहिचान झल्किने पोशाकमा शपथ लिन सक्ने सचिवालयले जनाएको छ । साथै आफ्नो मातृभाषामा समेत शपथ लिन सक्ने सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरेको छ । त्यसका लागि शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी ३ दिन अगावै संघीय संसद सचिवालयमा पठाउनु पर्ने छ ।

शपथ लिने राष्ट्रियसभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको सक्कल तथा प्रतिलिपि एकरएक प्रतिसहित एक घण्टा अगावै उपस्थित हुन सूचित गरिएको छ ।१८ जना सदस्यको दुई वर्षे कार्यकाल यही फागुनमा सकिने भएपछि उनीहरुको स्थानमा चुनाव भएको थियो । जसमा नेकपाका १६ र राजपाका २ जना उम्मेदवार निर्वाचित भएका छन् ।

प्रदेश एकबाट ३ जना, प्रदेश दुईमा ४, बागमतीमा २, गण्डकी प्रदेशमा २, प्रदेश पाँचमा ३, कर्णालीमा २ र सुदूरपश्चिम प्रदेशबाट २ जना निर्वाचित भएका हुन् ।