सांसद थापाको प्रधानमन्त्रीलाई प्रश्न : ‘संसदमा उभिएर, आँखा जुधाएर प्रश्नको उत्तर दिने हिम्मत प्रधानमन्त्रीज्यूसँग छ कि छैन ?

सांसद थापाको प्रधानमन्त्रीलाई प्रश्न : ‘संसदमा उभिएर, आँखा जुधाएर प्रश्नको उत्तर दिने हिम्मत प्रधानमन्त्रीज्यूसँग छ कि छैन ?

काठमाण्डौ : नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा सांसद थापाले नेपाल कम्युनिष्ट पार्टी र देशको हितका लागि राजीनामा दिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो । थापाले प्रधानमन्त्री बन्ने संख्या संसदमा भए पनि शासन गर्ने वैधानिक योग्यता र क्षमता गुमेकाले राजीनामा दिन आग्रह गरेका हुन् ।

उनले भने, ‘संख्या तपाइँसँग होला तर शासन गर्ने वैधानिक योग्यता क्षमता तपाइँले गुमाउनु भएको छ । त्यसैले सम्माननीय प्रधानमन्त्रीजी, नेपाल कम्युनिष्ट पार्टीको स्वास्थ्यको लागि र सिंगो नेपालको स्वास्थ्यको लागि तपाइँ स्वास्थ्य लाभ गर्न गइदिनुहोस् ।’

थापाले पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा र विजय मिश्रबीचको अडियो सार्वजनिक हुनुभन्दा डेढ महिना अघि नै प्रधानमन्त्रीले सुनेको दावी आइरहेको भन्दै यो विषयमा संसदमा आएर जवाफ दिन हिम्मत छ कि छैन रु भन्दै प्रश्न गर्नुभयो ।

थापाले डाँडाँकाँडा र तालतलैया डुलेर बस्नुभन्दा प्रधानमन्त्रीले संसदमा आएर आँखामा आँखा जुधाएर जवाफ दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘संसदमा आएर, उभिएर आँखामा आँखा जुधाएर नागरिक र हाम्रो प्रश्नको उत्तर दिने हिम्मत प्रधानमन्त्रीज्यूसँग छ कि छैन रु’

अडियो डेढ महिना अगाडि सुनेको विषयमा प्रधानमन्त्रीले जे भने पनि उहाँका आसोपासेहरुले थाहा थिएन भनेर जवाफ दिइरहेको थापाले बताए । उनले भने, ‘प्रधानमन्त्रीकोे प्रवक्ताले गर्नुभएको यी कुराहरु प्रधानमन्त्रीलाई थाहा थिएन भनेर हामीले पत्याउनुपर्ने रु हामीले पत्याउने नै हो भने हाम्रो प्रधानमन्त्रीलाई प्रश्न रहन्छ । यी सबैकुरा तपाईलाई थाहा छैन भने प्रधानमन्त्री जी तपाईलाई के थाहा छ रु प्रधानमन्त्री जी तपाईलाई थाहा छ नागरिकहरु के भन्दैछन् ।’

थापाले सेक्युरिटी प्रेसको ठेक्का मात्रै नभएर फोर जी विस्तार, अप्टिकल फाइबर विस्तार, सामुदायिक विद्यालयमा कम्प्युटर ल्याव स्थापना लगायतका ठेक्काका बारेमा सबै कुरा थापा भए पनि अहिले परिस्थिति नियन्त्रण बाहिर गएपछि बाँस्कोटा बलिको बोको भएको भनेर नागरिकले भनिरहेका छन्, भने ।

प्रधानमन्त्री ओलीलाई थापाले बालुवाटारमा ऐन छ कि छैन भनेर समेत प्रश्न गनुृभएको छ । पटक पटक भ्रष्टाचारीको अनुहार हेर्दिन भन्नेप्रधानमन्त्रीलाई जनताले प्रश्न गर्दैछन् भन्दै थापाले भन्नुभयो, ‘प्रधानमन्त्री जी तपाईले भ्रष्टाचारीको अनुहार हेर्दिन भनेर पटक पटक दोहोर्‍याउनु भएको छ । तर नागरिकहरु तपाइँलाई बालुवाटारमा ऐना छ कि छैनरु भनेर सोध्दैछन् ।

एमसीसी प्रकरणमा पार्टीका खाँटी राष्ट्रवादीहरुले प्रधानमन्त्रीलाई तह लगाएको भन्दै थापाले एक व्यक्तिलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधनको प्रस्ताव ल्याउने कुरामा कसरी कमजोर देखिनुभयो भन्दै थापाले प्रश्न गर्नुभयो ।

थापाले पूर्वराजाहरुको न्यास्रो मेटाउने गरी प्रधामन्त्रीले जन्मदिन मनाएको भन्दै बाहिर प्रश्नहरु उठिरहेको बताए ।

‘हामीलाई २०६०(२०६१ को ज्ञानेन्द्रको न्यास्रो मेटाइदिएको छ भन्नुहुन्छ । पूर्वराजा यसरी नै हिँडिबक्सनुहुन्थ्यो । आफैँ अभिनन्दन गराउन लगाइबक्सन्थ्यो । विद्यार्थीहरुलाई बोलाइबक्सन्थ्यो । सबैले जय जयकार गर्थे । प्रधानमन्त्रीजी मात्र होइन् त्यो जन्मोत्सव मनाउँदै गर्दा प्रधानमन्त्रीको वरिपरि जे जस्तो भिडभाड देखियो तँछाड मछाड देखियो यो देख्दै गर्दा प्रधानमन्त्रीको वरिपरि रहनेहरुले पूर्वराजा ज्ञानेन्द्रको भारद्वारहरुको न्यास्रो पनि मेटाइदिएका छन्’, उनले भने ।

यी सबैकुरा प्रधानमन्त्रीलाई थाहा भएर पनि प्रधानमन्त्री थाहा नपाएजस्तो गर्नुभएको भए पाप हुने र पाए नपएको भए प्रधानमन्त्रीको अक्षमता हुने भन्दै थापाले उनको राजीनामा मागसमेत गरेका छन् । थापाले प्रधानमन्त्री ओलीलाई संसदमा उपस्थित हुनका लागि रुलिङ गर्न पनि आग्रह गरे ।