संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिटमा आज के भयो?

संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिटमा आज के भयो?

काठमाडाैँ । संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्ध रिटको सुनुवाइ फेरि हेर्दैहेर्दैमा राखिएको छ। आज बुधबार भएको रिट निवेदकतर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीसहित अधिकांशका कानुन व्यवसायीले बहस गरेका थिए। अर्को पेसी तोकिँदै छ।

यसअघि सर्वोच्चको संवैधानिक इजलासमा फागुन २१ गते रिट निवेदकका तर्फबाट ७ अधिवक्ताले बहस गरेका थिए। दोस्रो दिन पनि बहस नसकिएपछि रिट ‘हेर्दाहेर्दै’मा राखेर आजका लागि पेसी तोकिएको थियो।

दोस्रो दिनको सुनुवाइमा वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, शम्भु थापा, डा भीमार्जुन आचार्य, चन्द्रकान्त ज्ञवाली, राजुप्रसाद चापागाईँ, पुनदेवी महर्जन, मोहना अन्सारीलगायत ७ जनाले रिट निवेदकका तर्फबाट बहस गरेका थिए।

त्यसअघि गत माघ ३० गते निवेदक अर्याल र ज्ञवालीले बहस गरेका थिए। निवेदकका तर्फबाट २४ जना कानुन व्यवसायीले वकालतनामा लेखाएका छन्। त्यस्तै सरकारका तर्फबाट महान्यायाधिवक्ता रमेश बडालसहित १० जना बहसका लागि तयार पारिएको छ। 

संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन्।

अघिल्लो कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक आयोगहरूमा ५२ जनालाई गरेको नियुक्ति गैरकानुनी रहेको दाबी गरी बदर गर्न निवेदकले माग गरेका छन्।  

छुटाउनुभयो कि ?