आरआर क्याम्पसमा निर्वाचनको माग गर्दै नेविसंघको प्रदर्शन

आरआर क्याम्पसमा निर्वाचनको माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौँ । रत्नराज्य क्याम्पसमा रोकिएको चुनाव गराउन माग गर्दै नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ ।

गएराति अनेरास्ववियुले तालाबन्दी गरेपछि निर्वाचन स्थगित भएको थियो । फर्जी परिपत्र वितरण गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो । जसका कारण निर्वाचन प्रभावित भयो ।

अहिले बानेश्वर बहुमुखी क्याम्पसमा भने मतदान सुरु भएको छ । यहाँ विहान नेविसंघले सर्वदलीय बैठक आह्वानको माग गर्दै प्रदर्शन गरेको थियो । यस्तै, त्रिचन्द्रमा विद्यार्थीहरुले ताला फुटाएर अध्ययन सुरु गर्न आग्रह गरेका छन् । अस्कलमा भने तालाबन्दी नै छ ।